Logo

कांग्रेसमा भारी मतले गगन पराजित

                     
Logo 2022-12-21 11:12     Desk

13

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेतामा प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा निर्वाचित भएका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भारी मतान्तरका साथ पार्टीको संसदीय दलको नेतामा निर्वाचित भएका छन् ।

आज भएको संसदीय दल निर्वाचनमा उनले गगन थापालाई ३९ भोटले पछि पारे । निर्वाचन समितिका संयोजक भीष्मराज आङ्देम्बेका अनुसार देउवाले ६४ भोट ल्याउँदा गगनले २५ भोट प्राप्त गरेका छन् ।


लोकप्रिय छुटाउनुभयो कि ?