Logo

अमेरिकी सहायकमन्त्री एलिजाबेथ भोलि नेपाल आउँदै

                     
Logo 2022-09-27 03:09     Desk

13

काठमाडौं, ११ असोज । अमेरिकाको विश्वव्यापी सार्वजनिक मामिलासम्बन्धी कार्यवाहक सहायकमन्त्री एलिजाबेथ केनेडी ट्रुडो भोली नेपाल आउनुहुने भएको छ।

उहाँ नेपालसहित युएई, उज्वेकिस्थान र किर्गिज रिपब्लिकको १२ दिने भ्रमणमा रहेको अमेरिकी विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

नेपालमा उहाँले सीमान्त समूहका अभियन्ता, सञ्चारमाध्यम तथा बिगतमा भएका आदनप्रदान कार्यक्रमका पूर्व सहभागीहरूसँग राउन्टेबल छलफलमा सहभागी हुने कार्यक्रम छ ।
यसबाहेक गलत सूचना तथा लोकतन्त्रमा मिडियाको भूमिका बिषयक कार्यक्रममा पनि उहाँको सहभागीता रहने विज्ञप्तिमा जनाइएको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?