Logo

नागरिकता विधेयक प्रमाणीकरण नगरी फिर्ता पठाउन राष्ट्रपतिसमक्ष पाँच कम्युनिष्ट दलको आग्रह

                     
Logo 2022-08-03 12:08     Desk

13

पाँच वटा कम्युनिष्ट दलहरुले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष संसदबाट पारित नागरिकता विधेयक फिर्ता पठाउन आग्रह गरेका छन् ।

विधेयक संसदमा फास्ट ट्रयाकबाट पारित गरिएको उल्लेख गर्दै राष्ट्रपति भण्डारीलाई फिर्ता पठाउन आग्रह गरेका हुन् ।

पाँच दल नेकपा (क्रान्तिकारी माओवादी)का स्थायी समिति सदस्य सीपी गजुरेल, नेकपा (बहुमत)का संयोजक कञ्चन, नेकपा (मसाल) राष्ट्रय महाधिवेशन आयोजक समितिका संयोजक सन्तबहादुर नेपाली, नेपाल कम्यनिष्ट पार्टीका अध्यक्ष लोकनारायण सुवेदी र संयुक्त क्रान्तिकारी मोर्चा, नेपालका संयोजक शर्माले संयुक्त रुपमा राष्ट्रपति भण्डारीसमक्ष नागरिकता विधेयक रोक्न माग गरेका हुन् ।


लोकप्रिय छुटाउनुभयो कि ?