
विराटनगर, भदौ ३१



सरकारले बढ्दो कोरोना संक्रमणका कारण अन्तर्राष्ट्रिय सीमा नाका बन्द गर्ने अवधि बढाएको छ ।
यसअघि भदौ ३१ गतेसम्म नाका बन्द गर्ने निर्णय भएकोमा गत सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सीमा नाका आगामी असोज ३० गतेसम्म बन्द गर्ने निर्णय गरेको नेपाल सरकारका प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए ।
नाका बन्द भएपनि समस्यामा परेका नेपालीलाई स्वदेश फिर्ता आउन भने कुनै अवरोध नगरिने मन्त्री ज्ञवालीले बताए ।
यसका लागि भारततर्फ १० ओटा नाका खुला गरिएकोमा इलामको पशुपतिनगर र दार्चुलाको खलङ्गा गरी थप दुई नाकाबाट प्रवेश खुलाइएको उनले बताए । साथै, चीनतर्फ रहेका नागरिकको सुविधाका लागि रसुवागढी नाकाबाट प्रवेश खुलाइएको मन्त्री ज्ञवालीको भनाइ छ ।।।