नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मोन्टी देशाईले एसिसि मेन्स प्रिमियर कपको उपाधि उचाल्दै एसिया कपमा स्थान बनाउँदा प्रदर्शन गरेको खेलमा आपूm सन्तुष्ट रहेको बताएका छन् ।
मंगलबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा सम्पन्न फाइनल खेलमा संयुक्त अरब इमिरेट्सविरुद्धको खेलमा सात विकेटको जित निकाल्दै एसियाकपमा स्थान बनाएसँगै खेलाडीको प्रदर्शनलाई प्रशंसा गर्दै उनले सन्तुष्टि व्यक्त गरेका हुन् ।
मोन्टी देसाईले एसिया कपमा नेपालले भारत र पाकिस्तानसँग खेल्ने कुरा नयाँ सुनिने भए पनि सेप्टेम्बरमा आयोजना हुने प्रतियोगिताका लागि आपूm उत्साहित रहेको बताए । प्रशिक्षक देसाईले एसिया कपसम्मको यात्रा तय गर्न निकै मिहिनेत गरेको र टोली सम्हालिसकेपछि टोलीका सदस्यले प्रमाणित गर्न निकै मिहिनेत गरेको बताए ।
भारतीय मूलका प्रशिक्षक देशाईको आगामनपछि नेपालले पछिल्लो समय ठूला प्रतियोगितामा राम्रो नतिजा निकालिरहेको छ । दुई महिनामा उत्कृष्ट लयमा रहेको नेपालले लगातार १० खेलमा जित हात पारेको छ ।
आइसिसी विश्वकप लिग–२ को पछिल्ला १२ मध्ये ११ खेल जितेको नेपाल विश्वकप छनोटमा पुगेको थियो भने धरासायी भएको नेपालको एक दिवसीयमा नेपालले रोमाञ्चक सफलता हात पारेको थियो ।
यस्तै, नेपाली टोलीका कप्तान रोहितकुमार पौडेलले बलिया राष्ट्रसँग बुहप्रतिक्षित प्रतियोगितामा खेल्न पाउनु नै नेपालका लागि मौका भएको बताए । बलिया टोलीविरुद्ध पनि राम्रो खेल्दै पछिल्लो समय हात पारेको नतिजालाई सन्तुलनमा ल्याउने उको भनाइ छ ।
एसिया कपमा नेपालले स्थान बनाउँदै गर्दा टोलीको मिहिनेत र प्रशिक्षकको भूमिका तारिफयोग्य रहेको समेत उनले बताए । प्रशिक्षकको योजनाअनुसार खेल्दा टोलीले राम्रो नतिजा निकाल्न सफल भएको भन्दै कप्तान रोहितले एसिया कप नेपाली टोलीका लागि एक्सपोजर भएको बताए ।