Logo

युवा संघको अध्यक्षमा क्षितिज थेवे सर्वसम्मत

                     
Logo 2023-04-13 01:04     Desk

13

नेकपा एमालेनिकट राष्ट्रिय युवा संघको अध्यक्षमा क्षितिज थेबे सर्वसम्मत चयन भएका छन् । नेपालगञ्जमा सम्पन्न महाधिवेशनले थेबेलाई अध्यक्ष चयन गरेको हो ।

महाधिवेशनले अमित लामा, पुष्प श्रेष्ठ, कृष्णहरी केसी, महाराज गुरुङ, सीता सुवेदी, रमेश तिवारी र प्रकाश गौतमगरी सात जनालाई उपाध्यक्ष चयन गरेको छ ।

महासचिवमा सुमन पुरी चयन भएका छन् । महेन्द्र गुरुङ र राजन थापा उपमहासचिव बनेका छन् ।

सचिव नाै जना छन् । विनय शाह, खेम शर्मा, जय गुरुङ, मोबिन आलम, अनिता कन्दङ्वा, देवानन्द मेहता, विष्णा चन्द, पर्वत भण्डारी र कुवेर अधिकारीलाई सचिव बनाइएकाे हाे ।

राकेश राई कोषाध्यक्ष बनेका छन् । उनलाई आर्थिक विभाग प्रमुखसमेत घोषित गरिएको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?