Logo

मिटरब्याज पीडितसँग वार्ता गर्न गृहले गठन गर्‍यो वार्ता समिति

                     
Logo 2023-04-07 09:04     Desk

13

गृह मन्त्रालयले मिटरब्याज पीडितसँग वार्ता गर्न वार्ता टोली गठन गरेको छ । शुक्रबार मन्त्रालयले सहसचिव प्रदीपकुमार कोइरालाको संयोजकत्वमा वार्ता समिति गठन गरेको हो ।

अघिल्लो हप्ता नै सरकारले मिटरब्याज पीडितको समस्या समाधान गर्न पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा अधिकारसम्पन्न आयोग बनाइसकेको छ ।

तर 'मिटरब्याज तथा ठगीविरुद्ध किसान-मजदुर संघर्ष समिति' नामक पीडितहरूको संगठनले आन्दोलन जारी राखेकोमा उनीहरूका मागलाई समेत समेट्ने गरी वार्ता समिति बनेको हो ।

पाँच सदस्यीय वार्ता समितिमा प्रधानमन्त्री कार्यालयका उपसचिव उमाकान्त अधिकारी, कानुन मन्त्रालयका उपसचिव जंगबहादुर डाँगी तथा प्रहरी उपरीक्षक दिनेशराज मैनाली सदस्य छन् । गृह मन्त्रालयका उपसचिव दिलकुमार तामाङ सदस्यसचिव छन् ।


लोकप्रिय छुटाउनुभयो कि ?