Logo

२६.८० अंकले घट्यो नेप्से, १ अर्ब ६६ करोडको कारोबार

                     
Logo 2023-03-12 03:03     Desk

13

काठमाडौं । ब्याजदर घट्ने भएपछि गत बिहीबार ५० अंकले वृद्धि भएको सेयर बजार परिसूचक नेप्से आइतबार भने दोहोरो अंकको गिरावट भएको छ । बजारलाई लिड गर्ने बैंकिङ उपसूचकमा १.७१ प्रतिशतले गिरावट हुँदा नेप्से पनि ओरालो लागेको हो ।

आइतबार बजार परिसूचक नेप्से २६.८० अंकले गिरावट हुँदा १९७५.८९ अंकमा बन्द भएको छ । नेप्सेसँगै सबै उपसूचकमा गिरावट भएपनि कारोबार रकम भने डेढ अर्ब नाघेको छ ।

नेप्सेमा आइतबार ४७ लाख ७२ हजार १४० कित्ता सूचीकृत धितोपत्र किनबेच हुँदा १ अर्ब ६६ करोड ६९ लाखको कारोबार भएको छ ।

जसमध्ये शिवम् सिमेन्टको करिब ८ करोड २२ लाखको कारोबार हुँदा हिमालयन डिस्टिलरीको ६ करोड ७५ लाख र लुम्बिनी जनरल इन्स्योरेन्सको ४ करोड ३४ लाख २५ हजारको कारोबार भएको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?