Logo

आजदेखि छड्के–२ र छक्का पञ्जा–४ प्रदर्शनमा

                     
Logo 2023-03-03 10:03     Desk

13

काठमाडौं, १९ फागुन । आजदेखि देशभर चलचित्र छड्के–२ र छक्का पञ्जा–४ प्रदर्शनमा आएका छन् । दीपकराज गिरी र दीपाश्री निरौलाको छक्का पञ्जा–४ र अनमोल केसी अभिनित छड्के–२ आजदेखि प्रदर्शनमा आएका हुन् ।

यी दुवै सिक्ववेल मुभी हुन् । हेमराज बिसीद्वारा निर्देशित छक्का पञ्जा–४ मा दीपकराज गिरी, दीपाश्री निरौला, केदार घिमिरे, निर्मल शर्मा, बुद्धि तामाङ, स्वस्तिमा खड्का, बेनिशा हमाल, राज आचार्य, सुष्मा निरौला, बेदना राईलगायत कलाकारको अभिनय छ ।

त्यस्तै प्रशान्त गिरी र देवकुमार श्रेष्ठको निमार्णमा रहेका छड्के–२ लाई निगम श्रेष्ठले निर्देशन गरेका हुन् । निर्भान फिल्म स्कुलको छड्के–२ को मुख्य कलाकारमा अनमोल केसी छन् ।


लोकप्रिय छुटाउनुभयो कि ?