Logo

राज्यका निकाय गैरजिम्मेवार हुनु जनतामाथिको अपराध हो : तोषिमा कार्की

                     
Logo 2023-02-24 04:02     Desk

13

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद तोषिमा कार्कीले सडक आयोजनाहरु निर्माणमा रहेको बेतिथि अन्त्य गर्न आग्रह गरेकी छिन् । शुक्रबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद कार्कीले सडक विभाग र काठमाडौं उपत्यका खानेपानी लिमिटेड लगायत सरकारी निकायहरुले नै  काम गर्न नसक्नु कसको स्वार्थ हो भन्दै प्रश्न गरिन् ।

उनले काठमाडौं उपत्यकामा निर्माणाधीन सडक आयोजनाहरुको काम समयमै सम्पन्न गर्न उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठलाई ध्यानाकर्षण गराइन् ।

सांसद कार्कीले नेपाल सरकारको संघीय मन्त्रिपरिषद्को प्रस्तावित आवास क्षेत्र र निजी क्षेत्रको सबैभन्दा ठूलो अस्पताल जाने नख्खु भैंसेपाटी सडकको निर्माण कहिले टुंगो लाग्छ भन्दै प्रश्न गरिन् ।

उनले टुँडीखेल फर्सीडोल सडक ६ वर्षदेखि अलपत्र रहेको, सातदोबाटो चापागाउँ कान्तिपथ मुआब्जाको कारण रोकिनु ठूला ठेकेदारको मिलोमतो र दबाव के हो भन्दै सरकारसँग जवाफ माग गरिन् ।

उनले राज्यका निकाय गैरजिम्मेवार हुनु कमजोरी मात्र नभई आम जनतामाथिको अपराध भएको उल्लेख गरिन् । उनले भौतिक पूर्वाधार मन्त्रीले सार्वजनिक निर्माणको काममा हुने ढिलासुस्ती र बेतिथि अविलम्ब समाधान गर्न माग गरे ।


लोकप्रिय छुटाउनुभयो कि ?