Logo

जातीय विभेद अन्त्यका लागि दलित समुदायलाई आर्थिकरुपमा आत्मनिर्भर बनाउनुपर्छ:ज्ञवाली

                     
Logo 2023-02-16 12:02     Desk

13

काठमाण्डौ, ४ फागुन । नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले मुलुकमा जातीय विभेद अन्त्यका लागि दलित समुदायलाई आत्मनिर्भर बनाउनु पर्ने बताएका छन् ।

नेपाल उत्पीडित जातीय मुक्ति समाज केन्द्रीय कमिटीको आयोजनामा बुधबारदेखि काठमाडौंमा सुरु भएको संगठन सुदृढीकरण कार्यशाला गोष्ठीको अन्तिम दिन बिहीबार प्रशिक्षण दिँदै पूर्वमन्त्री समेत रहेका नेता ज्ञवालीले यस्तो बताएका हुन् ।

उनले दलित समुदाय आर्थिकरुपमा सम्पन्न भएमात्र विभेद अन्त्य हुने बताए ।

उनले राज्यका सबै अंगहरुमा सो समुदायको न्यायोचित प्रतिनिधित्व र उत्पादनका साधनमा पहुच समेत सुनिश्चितता गर्नुपर्नेसमेत बताए ।

नेता ज्ञवालीले दलित समुदायका हक र अधिकार प्राप्तिको आन्दोलनमा मुक्ति समाजको भूमिका हस्तक्षेपकारी हुनूपर्नेमा जोड दिए ।

उनले दलित समुदायमाथि हुने कुनैपनि विभेदका विरुद्ध मुक्ति समाजले वक्तव्यबाजीमा मात्र केन्द्रित नभएर सशक्त आन्दोलनमा उत्रिनु पर्ने समेत बताए ।


लोकप्रिय छुटाउनुभयो कि ?