Logo

सुपरमाई हाइड्रोको आईपीओ माघ २३ देखि निष्कासन हुँदै

                     
Logo 2023-01-27 02:01     Desk

13

सुपर माई हाइड्रोपावरले ४ लाख १५ हजार कित्ता साधारण शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले २३ माघदेखि निष्कासन गर्ने उक्त आईपीओका लागि माघ २६ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

यसअघि आयोजना प्रभावित स्थानीय बासिन्दा र विदेशमा रहेका नेपालीहरूका लागि आईपीओ निष्कासन गरेको कम्पनीले अब भने सर्वसाधारणका लागि बिक्री खुला गर्न लागेको हो ।

कम्पनीले आफ्नो जारी पुँजी ५० करोड रुपैयाँको १० प्रतिशतले हुन आउने ५ करोड रुपैयाँबराबरको ५ लाख कित्तामध्ये १० प्रतिशत अर्थात् ५० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई, २५ हजार कित्ता सामूहिक लगानी कोषहरूलाई बाँडफाँट गरी २ प्रतिशत अर्थात् १० हजार कित्ता शेयर कम्पनीमा कार्यरत कर्मचारीहरूका लागि सुरक्षित गरी बाँकी रहेको ४ लाख १५ हजार कित्ता साधारण शेयर सर्वसाधारणका लागि निष्कासन गर्न लागेको हो ।

कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्ताका लागि आवेदन दिन सकिने कम्पनीले बताएको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?