Logo

एक सयभन्दा बढी राहदानी र पुलिस रिपोर्टसहित दिल्ली उड्न लागेका दुईजना विमानस्थलबाट पक्राउ

                     
Logo 2023-01-27 12:01     Desk

13

काठमाडौं । अवैध रूपमा वाह्यय मुलुकतर्फ लैजान लागेको पासपोर्ट १ सय १ थान र पुलिस रिपोर्ट ७९ थान सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा ललितपुर, ललितपुर महानगरपालिका-३ घर भएका ३८ वर्षीय अमित बोगटी र नवलपरासी (पूर्व) विनयी त्रिवेणी गाउँपालिका(७ घर भएकी ३८ वर्षीया सोनी कुमारी गुरुङ रहेका छन् ।

नेपाल एयरलाइन्सको उडानद्वारा काठमाडौंबाट दिल्ली जान लागेका उनीहरूको लगेजलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान पछाडि व्यागेज एरियामा एक्सरे गर्ने क्रममा लगेजबाट शंकास्पद रुपमा उक्त राहदानी र प्रहरी चारित्रिक प्रमाणपत्र वाह्य् मुलुकतर्फ लैजान लागेको अवस्थामा फेला परेको थियो ।

थप सोधपुछको क्रममा उक्त राहदानीहरु रोमानियामा भिषा स्ट्याम्पिङ गर्नको लागि लान लागेको भनेर बैदेशिक रोजगार बिभागबाट जारी भएको भिषा स्ट्याम्पिङ निर्णय फाराम पेश गरेको थियाे । तर अनुसन्धान गर्दा उक्त फाराममा उल्लेखित विवरण भएको राहदानीहरु र उनीहरुको साथबाट बरामद भएको राहदानीहरुको विवरण फरक पर्न आएको छ ।

उनीहरूलाई आवश्यक अनुसन्धान एवं कारबाहीको लागि नेपाल प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान व्यूरो महाराजगञ्ज पठाइएको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?