Logo

सुनवर्षी मेयर कप क्रिकेटः वडा नम्बर ५ सेमिफाइनलमा, म्यान अफ दी म्याच बने सुमन गहतराज

                     
Logo 2023-01-24 09:01     Desk

13

विराटनगर, १० माघ । मोरङको सुनवर्षी नगरपालिकामा जारी तेस्रो मेयर कप नकआउट क्रिकेट प्रतियोगिता अन्तर्गत मंगलबार भएको खेलमा वडा नम्बर ५ विजयी हुँदै सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको क्वाटरफाइनल खेलमा सुनवर्षी नगरपालिकाको कर्मचारी टिमलाई ५९ रनको फराकिलो अन्तरले पराजित गर्दै सुनवर्षी–५ सेमिफाइनलमा प्रवेश गरेको हो ।

टस जितेर व्याटिङ रोजेको सुनवर्षी–५ ले निर्धारित २० ओभरमा ५ विकेटको क्षतीमा १८५ रनको विशाल स्कोर खडा गरेको थियो । उसका लागि बिस्फोटक व्याटिङ गर्दै सुमन गहतराजले ८० रन बनाए ।

१८६ रनको विजयी लक्ष्य सहित जवाफी व्याटिङमा उत्रिएको सुनवर्षी नगरपालिकाको कर्मचारी टिमले १८ओभर खेलेर सवै विकेट गुमाई १२६ रन मात्र बनाउन सक्यो । उसका लागि अमृत सिंहले ४ चौका र ४ छक्का प्रहार गर्दै सर्बाधिक ४४ रन बनाए । त्यस्तै कप्तान देवेन्द्र थापाले १६ रन बनाए पनि अन्य ब्याट्सम्यानले सम्मानजनक स्कोर बनाउन सकेनन् ।

खेलमा उत्कृष्ट प्रदर्शन गरि २ विकेट समेत लिएका सुनवर्षी–५ का सुमन गहतराज म्यान अफ दी म्याच घोषित भए । उनले नगद ५ हजार रुपैयाँ र मेडल प्राप्त गरे । आजको म्याचसँगै क्वाटरफाइनल खेलहरु सकिएको छ ।

अब माघ १३ र १४ गते सेमिफाइ खेल हुनेछ । १३ गते सुनवर्षी–२ र सुनवर्षी–८ बिच सेमिफाइनल हुनेछ । त्यस्तै १४ गते सुनवर्षी–५ र सुनवर्षी–६ बिच फाइनलमा पुग्नका लागि प्रतिष्पर्धा हुने जनाइएको छ ।

गत पुस २९ गतेदेखि सुरु भएको प्रतियोगिता आगामी माघ १६ गते सम्पन्न हुनेछ । प्रतियोगिताको उद्घाटन सुनवर्षी नगरपालिकाका मेयर श्याम प्रसाद राजवंशी र रंगेली नगरपालिकाका मेयर दिलिप बगडीयाले क्रिकेट खेलेर गरेका थिए ।

प्रतियोगिताका विजेताले नगद १ लाख २५ हजार, ट्रफी, प्रमाणपत्र र मेडल प्राप्त गर्नेछन् । त्यस्तै उपविजेताले नगद ६५ हजार, ट्रफी, प्रमाणपत्र र मेडल प्राप्त गर्ने प्रतियोगिताका संयोजक राकुमार राजवंशीले जानकारी दिए ।

प्रतियोगिता अन्तर्गत प्रत्येक खेलका म्यान अफ दी म्याचले नगद ५÷५ हजार, म्यान अफ दी सिरिजले नगद २५ हजार र ट्रफी प्राप्त गर्नेछन् । त्यसैगरी प्रतियोगिताको उत्कृष्ट बलर, उत्कृष्ट व्याट्स म्यान, उत्कृष्ट फिल्डर र अनुशासित टिमलाई नगद १५÷१५ हजार, मेडल र प्रमाणपत्र वितरण गरिने सुनवर्षी नगरपालिकाका लेखा अधिकृत देवेन्द्र थापाले जानकारी दिए ।


लोकप्रिय छुटाउनुभयो कि ?