Logo

संसद् भवनअगाडि आत्मदाहको प्रयास गरेका व्यक्तिको अवस्था गम्भीर

                     
Logo 2023-01-24 06:01     Desk

13

मंगलबार नयाँ बानेश्वरस्थित संघीय संसद् भवनअगाडि आत्मदाहको प्रयास गरेका व्यक्तिको अवस्था गम्भीर छ ।

अन्दाजी ३६ वर्षीय प्रेमप्रसाद आचार्यले पेट्रोल खन्याएर आफैँलाई आगो लगाएका थिए । इलामको पञ्चकन्याका आचार्यले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकाे गाडी संसद् भवनबाट निस्किएसँगै नयाँ बानेश्वरको सडकमा आफैँलाइ आगाे लगाएर आत्मदाहको प्रयास गरेका थिए ।

लगत्तै उनलाई प्रहरीले उद्धार गरेर कीर्तिपुरस्थित बर्न अस्पताल लगेको थियाे । काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी दिनेशराज मैनालीले उनकाे अवस्था गम्भीर रहेको जानकारी दिए ।


लोकप्रिय छुटाउनुभयो कि ?