
विराटनगर, १० माघ । सुनवर्षी नगरपालिकाका मेयर श्यामप्रसाद राजवंशीले आगलागी पिडितलाई राहत वितरण गरेका छन् । गएराती सुनवर्षी–९ कदमगाछीस्थित लक्ष्मि टोलका दिना सिंहको घरमा आगामगी भएको थियो ।
आगलागीबाट सिंहको घर पूर्णरुपमा जलेर नष्ट भएको छ । आगलागीबाट घरभित्र रहेको लत्ताकपडा, अन्नपात, गरगहना र धनमाल जलेर नष्ट भएको खबर पाएपछि मेयर राजवंशीले पिडितको घरमै पुगेर राहत वितरण गरेका हुन् ।
उनले तत्काल राहतस्वरुप जाडोबाट बच्नको लागि न्यानो कपडाका साथै भाँडावर्तन र खाद्यान्न वितरण गरे । मेयर राजवंशी नगरवासीको सुख र दुःखमा निरन्तर साथ दिँदै आएका छन् । आपतमा परेका नगरवासीलाई सहयोग गर्न उनी तत्काल अग्रसर हुँदै आएका छन् ।
आज राहत वितरणका लागि मेयर राजवंशीसँगै प्रमुख प्रशासकिय अधिकृत रुद्रप्रसाद दुलाल, सुनवर्षी-९ का वडाध्यक्ष ध्रुव सिंह र वडा सदस्यहरुसमेत पिडित सिंहको घरमा पुगेका थिए ।