
जुम्लामा हिमपात भएको छ । वर्षासँगै हिमपात भएपछि बढेको चिसोले जनजीवन कष्टकर भएको छ । हिमपातपछि अत्यधिक जाडो बढ्नुका साथै जनजीवनमा समस्या परेको स्थानीयले बताएका छन् ।
हिउँ परेपछि बाली सप्रिने भन्दै किसानहरू भने खुसी भएका छन् । यसवर्षकाे हिउँदमा ढिलाेगरी हिमपात भएकाे हाे ।