Logo

सुनवर्षी मेयर कप क्रिकेटः वडा नम्बर ३ विजयी, म्यान अफ दी म्याच बने ऋतिक महतो

                     
Logo 2023-01-18 09:01     Desk

13

विराटनगर, ४ पुस । मोरङको सुनवर्षी नगरपालिकामा जारी तेस्रो मेयर कप क्रिकेट प्रतियोगिता अन्तर्गत बुधबार भएको खेलमा सुनवर्षी वडा नम्बर ३ विजयी भएको छ । टस हारेर फिल्डीङको निम्तो पाएको वडा नम्बर ३ ले सुनवर्षी लगान टिमलाई सात विकेटले पराजित गरेको हो ।

खेलमा टस जितेर ब्याटिङ रोजेको सुनवर्षी लगान टिमले १९.५ बल खल्दै सवै विकेट गुमाएर १०५ रन बनाएको थियो । १०६ रनको विजयी लक्ष्य सहित जवाफी व्याटिङमा उत्रिएको सुनवर्षी वडा नम्बर ३ ले १३.२ बल खेलेर केवल ३ विकेटको क्षतीमा लक्ष्य पुरा गर्यो ।

सुनवर्षी–३ का लागि ओपनिङ व्याट्सम्यान रविन राजवंशीले सर्बाधिक ३४ रन लिए ।

सुनवर्षी–३ का लागि विस्फोटक व्याटिङ गरेका ऋतिक महतो ११ बलमा २२ रन जोड्दै म्यान अफ दी म्याच घोषित भए । उनले नगद ५ हजार रुपैयाँ र मेडल प्राप्त गरे ।

गत पुस २२ गतेदेखि सुरु भएको प्रतियोगिता आगामी माघ १६ गते सम्पन्न हुनेछ । प्रतियोगिताको उद्घाटन सुनवर्षी नगरपालिकाका मेयर श्याम प्रसाद राजवंशी र रंगेली नगरपालिकाका मेयर दिलिप बगडीयाले क्रिटेट खेलेर गरेका थिए ।

प्रतियोगिताका विजेताले नगद १ लाख २५ हजार, ट्रफी, प्रमाणपत्र र मेडल प्राप्त गर्नेछन् । त्यस्तै उपविजेताले नगद ६५ हजार, ट्रफी, प्रमाणपत्र र मेडल प्राप्त गर्ने सुनवर्षी नगरपालिकाले जनाएको छ ।

प्रतियोगिता अन्तर्गत प्रत्येक खेलका म्यान अफ दी म्याचले नगद ५/५ हजार, म्यान अफ दी सिरिजले नगद २५ हजार र ट्रफी प्राप्त गर्नेछन् । त्यसैगरी प्रतियोगिताको उत्कृष्ट बलर, उत्कृष्ट व्याट्स म्यान, उत्कृष्ट फिल्डर र अनुशासित टिमलाई नगद १५/१५ हजार, मेडल र प्रमाणपत्र वितरण गरिने सुनवर्षी नगरपालिकाका लेखा अधिकृत देवेन्द्र थापाले जानकारी दिए ।


लोकप्रिय छुटाउनुभयो कि ?