Logo

पोखरमा दुर्घटनाग्रस्त विमानको को–पाइलट विराटनगरकी अञ्जुः पहिलो श्रीमान पनि यतिकै दुर्घटना गुमाएकी थिइन् ।

                     
Logo 2023-01-15 04:01     Desk

13

विराटनगर । आइतबार यति एयरलाइन्सको जहाज दुर्घटनामा परेकी कोपाइलट अन्जु खतिवडाको विराटनगरकी भएको खुलेको छ । उनले विराटनगर ५ घर भएकी अञ्जुले भारतबाट प्लस टु गरेकी थिइन् । खतिवडाले पहिलो श्रीमान पनि यति एयरलाइन्सको विमान दुर्घटनामै परेर ज्यान गुमाएको खुलेको छ ।

खतिवडाको माइती विराटनगर ५ का वडा अध्यक्ष सन्तोष न्यौपानेले यस्तो बताए । सन् २००६ मा जुम्लामा भएको यति एयरलाइन्सको जहाज दुर्घटनामा उनका श्रीमान दीपक पोखरेलको निधन भएको थियो । त्यसपछि अन्जुले पाइलट पढेको वडाअध्यक्ष न्यौपानेले बताए । अन्जुको पहिलो श्रीमानपट्टि २२ वर्षकी छोरी रहेकी छन् । यता दोस्रो विवाहपछि भने ७ वर्षको छोरा रहेको वडाअध्यक्ष न्यौपानेले जानकारी दिए । न्यौपानेका अनुसार अञ्जुले अमेरीकामा पाइलट पढेकी थिइन् ।

यतीको एटिआर जहाज ६८ जना यात्रु सवार थिए । पाइलट कमल केसीले जहाज उडाएका थिए । चालक दलमा कोपाइलट अञ्जु खतिवडा र दुई जना विमान परिचारिका सिर्जना होङचुङ र ओसिन आलेमगर थिए ।


लोकप्रिय छुटाउनुभयो कि ?