Logo

राष्ट्रपति र सभामुखको निर्वाचनका लागि कांग्रेससँग पनि छलफल हुन्छ:प्रचण्ड

                     
Logo 2023-01-14 07:01     Desk

13

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद् विस्तारमा कुनै समस्या नभएको बताएका छन्। शनिवार सम्पादकहरूसँगको छलफलमा उनले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग बिहान सरकारलाई पूर्णता दिने विषयमा कुरा भएको बताए।

उनले भने, ‘ओलीजीसँग पनि सरकारलाई पूर्णता दिनेबारे छलफल भएको छ। हामीबीच केही समस्या छैन। केही दिनमै सरकारलाई पूर्णता दिन्छौँ।’

उनले सभामुखको निर्वाचनअघि माघ ३ गतेका लागि सर्वदलीय बैठक बोलाएको समेत बताए। सत्ता साझेदार दलहरूमा राष्ट्रपति र सभामुख कसलाई बनाउने भन्नेबारे लिखित सहमति नभएको समेत जिकिर गरे।

उनले राष्ट्रपति र सभामुखको निर्वाचनका लागि कांग्रेससहित सबै दलको सहमति जुटाउने प्रयासमा रहेको समेत बताए। उनले आफूलाई कांग्रेसले विश्वासको मत दिएपछि छलफल गर्ने आफ्नो जिम्मेवारी भएको बताए।


लोकप्रिय छुटाउनुभयो कि ?