
काठमाडौं, पुस २९ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले भारतीय कफ सिरप प्रयोग नगर्न सार्वजनिक अपिल गरको छ । भारतीय कम्पनी मरियन बायोटकको दुई कफ सिरपमा ‘एम्ब्रोनोल’ र ‘डक–१ म्याक्स’ मा विषाक्त पदार्थ भेटिएको भन्दै प्रयोग नगर्न डब्लुएचओले चेतावनी दिएको हो ।
उज्वेकिस्तानमा १८ बालबालिकाको मृत्युको घटना यस कफ सिरपसँग जोडिएको भन्दै कफ सिरप प्रयोग नगर्न भनिएको हो ।उज्वेकिस्तानको स्वास्थ्य मन्त्रालयको गुणस्तर नियन्त्रण प्रयोगशालाले यी दुई कफ सिरपमा अस्वीकार्य मात्रामा ‘डाइथिलिन ग्लाइकोल र ‘इथिलीन ग्लाइकोल’ फेला पारेको बताएको छ । यी पदार्थ मानिसका लागि विषाक्त हुन्छन् र यदि सेवन गरेमा घातक हुन सक्छ ।
« ज्येष्ठ सदस्य कांग्रेस सांसद ‘बेपत्ता’ भएपछि सुदूरपश्चिममा बहुमत सांसदले गरे बैठक बोलाउन लिखित माग