
काठमाडौं । नेपाली राष्ट्रिय टीमका पूर्वकप्तान सन्दीप लामिछानेले अब छिटै खेलमा फर्किने बताएका छन् । कारागारबाट धरौटी तिरेर रिहा भएलगतै पत्रकारहरुसँग कुरा गर्दै उनले छिटै खेलमा फर्किने बताएका हुन् ।
उच्च अदालत पाटनले २० लाख धरौटी तिरेर रिहा गर्ने आदेश दिएसँगै उनी धराैटी तिरेर तारेखमा रिहा भएका छन् ।
केन्द्रीय कारागारबाट निस्कने क्रममा उनका समर्थकहरुले घेरेका थिए । कारागारबाहिर सन्दीपलाई कुरिरहेका समर्थकहरुले सन्दीपलाई बोल्न आग्रह गरेका थिए । सन्दीपसँगै साथमा रहेको कानुन व्यवसायी सरोज घिमिरेले नारा लगाएपछि समर्थकहरुलाई रोक्दै यो कुनै हारजित नभएको बताए ।