
विराटनगर, २९ पुस । प्रदेश १ का मुख्यमन्त्री हिक्मत कुमार कार्कीले विश्वासको मत पाएका छन् ।
शुक्रबार प्रदेशसभामा कार्कीले विश्वासको मत लिएका हुन् । मुख्यमन्त्री कार्कीको पक्षमा ५९ र विपक्षमा ३२ मप खसेको प्रदेशसभा सचिवालयले जनाएको छ । कार्की गत पुस २४ गते मुख्यमन्त्री नियुक्त भएका थिए ।