Logo

विकास बैंकले पनि घटाए ब्याजदर

                     
Logo 2023-01-13 01:01     Desk

13

काठमाडौ । वाणिज्य बैंकहरूको छाता संगठन नेपाल बैंकर्स एशोसिएशन ब्याजदर घटाएसँगै विकास बैंकहरूले पनि ब्याजदर घटाउने निर्णय गरेका छन् । डेभलपमेन्ट बैंकर्स एशोसिएशनको बिहीबार बसेको बैठकले ब्याजदर घटाउने निर्णय गरेको अध्यक्ष प्रद्युमन पोखरेलले नेपाल प्रेसलाई जानकारी दिए ।

अब विकास बैंकहरूले यसअघि दिँदै आएको व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर ०.८५ प्रतिशतले घटाएर १२ प्रतिशतमा झारेका छन् । यस्तै संस्थागत मुद्दती निक्षेपको ब्याजदर १० प्रतिशत कायम भएको पोखरेलले जानकारी दिए । बैंकहरूको निक्षेपको ब्याजदर घट्नेवित्तिकै बिस्तारै कर्जाको पनि ब्याजदर घट्ने उनले बताए ।

यता ग वर्गमा फाइनान्स कम्पनीहरूको छाता संगठन नेपाल वित्तिय संस्था संघले पनि ब्याजदर घटाउन आज २ बजेलाई बैठक बोलाएको छ । संघका अध्यक्ष सरोजकाजी तुलाधरले ब्याजदर घटाउनेसम्बन्धी छलफल हुने जनाएको छन् । तर, कति घट्छ भन्ने विषयको निर्धारण बैठकले गर्ने जनाएका छन् । अहिले फाइनान्स कम्पनीहरूले साढे १३ प्रतिशत ब्याजदर मुद्दती निक्षेपमा दिइरहेका छन् ।


लोकप्रिय छुटाउनुभयो कि ?