Logo

प्रदेश १ का मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

                     
Logo 2023-01-13 10:01     Desk

13

विराटनगर, २९ पुस । प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिँदै छन् । आज दिउँसाे १ बजे बस्ने प्रदेशसभाको बैठकमा कार्कीले विश्वासको मत लिने कार्यसूची छ ।

नेकपा एमाले संसदीय दलका नेता कार्की एमालेसहित माओवादी केन्द्र, राप्रपा र जसपाको समर्थनमा पुस २४ गते मुख्यमन्त्री नियुक्त भएका थिए । नेपालको संविधान २०७२ को धारा १६८ (२) बमोजिम मुख्यमन्त्रीमा नियुक्त कार्कीले संविधानको धारा १६८ (४) बमोजिम नियुक्त भएको १ महिनाभित्र विश्वासको मत लिनुपर्छ ।

विश्वासको मत लिएपछि कार्कीले मन्त्रिपरिषद् विस्तार गर्ने तयारीसमेत गरेका छन् । माओवादी सरकारमा नजाने भनेपछि कार्कीले शपथको दिन माओवादीबिनाको सानो आकारको मन्त्रिपरिषद् विस्तार गरेका थिए ।


लोकप्रिय छुटाउनुभयो कि ?