
विराटनगर, २८ पुस । विराटनगरका उद्योगी एवम् व्यवसायी अरुणकुमार राठीलाई अपहरण गरी रकम अशुल गरेको आरोपमा पक्राउ परेका नेपाल टाइम्स अनलाइनका संचालक सैहैन्सा सिद्धिकी भनिनिे अब्दुल खत्ताब पुर्पक्षका लागि जेल चलान भएका छन् ।
राठीको अपहरणमा संलग्न आरोपमा पक्राउ परेका सिद्धिकीका कार चालक विराटनगर–१५ का अजय भनिने जयकुमार राम एक लाख अरुण राठी अपहरण प्रकरणः नेपाल टाईम्सका सञ्चालक अब्दुल खत्ताब जेल चलान, सवारी चालक एक लाख धरौटि बुझाएर रिहा भएका छन् ।
राटनगरका उद्योगी अरुणकुमार राठीको अपहरण, कुटपिट, शरिरबन्धक तथा अंगभङ्ग बनाएको मुद्दामा जिल्ला अदालत मोरङले सिद्धिकीलाई पूर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको हो ।
बिहीबार मोरङ जिल्ला अदालतका न्यायधिस राजेशकुमार कटुवालको इजलासले सिद्धिकीलाई पुर्पक्षको लागि जेलचलान गर्ने आदेश दिएको अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए ।
बिहीबार दुवै पक्षका कानुन व्यवसायीहरूको बहसपछि अदालतले उक्त आदेश दिएको हो ।मोरङ प्रहरीले १ महिनाको अनुसन्धान पछि सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको थियो ।
राठीले प्रहरीमा जाहेरी दिएपछि खत्ताब दुई साता फरार भएका थिए । प्रहरीले खत्ताबलाई विराटनगर–१ बाट गत २९ मंसिरमा पक्राउ गरेको थियो ।
यो पनि....
नेपाल टाईम्सका सञ्चालक अब्दुल खत्ताबलाई पक्राउ गर्न अदालतले दियो अनुमति