
विराटनगर । माओवादी केन्द्र प्रदेश १ सरकारमा शुक्रबार सहभागी हुने भएको छ । बिहीबार विराटनगरमा बसेको इन्चार्ज सह–इन्चार्जसहित प्रदेश पदाधिकारीको बैठकले माओवादी केन्द्र सरकारमा सहभागी हुने निर्णय गरेको हो ।
यसअघि प्रदेश १ का मुख्यमन्त्री हिक्मत कार्कीलाई सर्मथन गरेपछि आलो पालो मुख्यमन्त्रीको मागसहित माओवादी केन्द्र सरकारमा सहभागी भएको थिएन ।
सत्ता साझेदार दलका शीर्ष नेताहरुका बिचमा केन्द्रमा पद बाँडफाँट हुँदा प्रदेश १ को मुख्यमन्त्री एमालेको भागमा परेको थियो । तर माओवादी प्रदेश १ संसदीय दलका नेता इन्द्रबहादुर आङवोले भने आलोपालो नेतृत्वको सहमति नभएसम्म सरकारमा नजाने बताएपछि प्रदेश १ मा एमाले राप्रपा जसपाका सम्मिलित ३ सदस्यीय मन्त्रीमण्डल विस्तार भएको छ ।
माओवादीले भोली सरकारमा सहभगी हुँदा कम्तीमा तीनवटा मन्त्रालय पाउनुपर्ने माग राखेको छ । मुख्यमन्त्री हिक्मत कार्कीेले भने तत्काल दुईवटा मन्त्रालय लिन प्रस्ताव गरेको श्रोतले बताएको छ ।