Logo

प्रधानमन्त्रीलाई विश्वासको मत दिँदा असन्तुष्टि बढेपछि देउवाले बोलाए पदाधिकारी बैठक

                     
Logo 2023-01-12 02:01     Desk

13

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउपाले पार्टी पदाधिकारी बैठक बोलाएका छन् । अहिले २ बजे बस्ने गरी देउवा निवास धुम्बाराहीमा बैठक बोलाएको कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले नेपालप्रेसलाई जानकारी दिए ।

उनका अनुसार बैठकमा पार्टीको सांगठनिक शुदृढीकरण र समसामयिक राजनीतिक घटनाक्रमको बारेमा छलफल हुनेछ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएपछि कांग्रेसमा असन्तुष्टि बढेको छ । पार्टी कार्यसम्पादन समितिको बैठकमै महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहित ५ नेताले फरक मत राखेका थिए ।

सभापति देउवाले विश्वासको मत दिएर रचनात्मक प्रतिपक्षमा भूमिका निर्वाह गर्ने निर्णय गराएका थिए । प्रधानमन्त्रीलाई विश्वासको मत दिएपछि प्रमुख प्रतिपक्षको भूमिका पनि कांग्रेसले गुमाएको भन्दै आलोचना भइरहेको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?