
काठमाडौं, २७ पुस । वाणिज्य बैंक ब्याजदर घटाउन एकमत भएका छन् । बुधबार बसेको बैंकर्स संघको बैठकबाट उनीहरूले व्याजदर घटाउने निर्णय लिएका हुन् ।
माघ महिनाका लागि १.१३ प्रतिशतको दरले ब्याजदर घटाउने निर्णय गरेको एक बैंकरले जानकारी गराएका छन् ।
व्याजदर घटाएसँगै वाणिज्य बैंकमा व्यक्तिगत मुद्दतितर्फको ब्याजदर ११ प्रतिशत कायम हुने भएको छ । त्यस्तै संस्थागत मुद्दतितर्फको ब्याज ९ प्रतिशत कायम हुने भएको छ ।