Logo

देश झनै संकटमा जान सक्ने स्थिति देखियोः चित्रबहादुर केसी

                     
Logo 2023-01-10 08:01     Desk

13

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रमुख प्रतिपक्षले नै सरकारको समर्थन गरेपछि देश झनै संकटमा जान सक्ने आशंका व्यक्त गरेका छन् ।

उनले सरकारलाई खबरदारी गर्ने प्रमुख प्रतिपक्षले सरकारलाई समर्थन गरेको भन्दै देश झनै संकटमा जान सक्ने आशंका व्यक्त गरेका हुन् । मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले राष्ट्रिय जनमोर्चा एक्लै भए पनि प्रतिपक्षमा रहने बताए ।

आफ्ना गल्ती पन्छाउने र एउटा दललाई सरकारबाट निकालेर आफू सरकारमा बस्न सबै दल एक ठाउँमा भएको हुन सक्ने उनको भनाइ थियो ।

‘नेपालमा आज विचित्र के भयो भने भएभरका सबै सरकारमा सामेल हुने, सरकारलाई समर्थन गर्ने भनेर लागेका छन्, यहाँभन्दा हाइसन्चो अरु के हुन्छ । सत्ता पक्षमा बस्नेलाई यहाँ भन्दा आनन्द के हुन्छ ? यो कुन किसिमको समर्थन हो । मैले बुझ्न सकिनँ,’ केसीले भने, ‘आफ्ना गल्ती पन्छाउन र एउटालाई सरकारबाट पन्छाएर आफू आउने खेल त होइन यो । यसो गरेर देश बन्छ ? सरकार चल्छ ? यस खालको दृश्य डरलाग्दो छ ।’

अध्यक्ष केसीले बोरामा पैसा लगेर चुनाव जितेर आएकाहरूबाट सरकारमा नगइ, देशको प्राकृतिक स्रोत, साधनको दोहन नगरी चुनावको खर्च नउठ्ने भएकाले सबै एक ठाउँमा जम्मा भएको हुन सक्ने बताए ।


लोकप्रिय छुटाउनुभयो कि ?