
पृथ्वी जयन्तीको पूर्वसन्ध्यामा पूर्वराजा ज्ञानेन्द्र शाहले शुभकामना सन्देश दिँदै वर्तमान राज्य प्रणाली पुनरावलोकन हुनुपर्ने बताएका छन् । उनले राष्ट्रियताबिनाको प्रजातन्त्रले जनतालाई कुनै सुख दिन नसक्ने बताएका छन् । उनले सेवा र सुरक्षा दिन नसक्ने प्रजातन्त्रको जुनसुकै नाममा अभ्यास गरे पनि त्यसबाट राष्ट्रमान सुख नहुने बताएका छन् ।
ज्ञानेन्द्रले राजसंस्था राजनीतिक उचारचढावप्रति निरपेक्ष रहँदै आएको भन्दै सबैको अवधाराणा र अनुभूति, चासो र चिन्ताका विषय सुन्न सदैव तयार रहेको बताएका छन् ।