Logo

प्रचण्डले मागे देउवासँग विश्वासको मत

                     
Logo 2023-01-09 08:01     Desk

13

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न धुम्बाराही पुगेका छन् । प्रधानमन्त्री प्रचण्ड मन्त्रिपरिषद् बैठक सकिएलगत्तै कांग्रेस सभापति देउवालाई भेट्न धुम्बाराहीस्थित निवास पुगेका हुन् । भेटमा प्रधामन्त्री प्रचण्डले आफूलाई विश्वासको मत दिन देउवालाई आग्रह गरेको प्रधानमन्त्रीनिकट स्रोतले बताएको छ ।

कांग्रेसले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने कि नदिने भन्नेबारे निर्णय गरिसकेको छैन । विश्वासको मत दिने/नदिनेबारे निर्णय गर्न कांग्रेसले भोलि (मंगलबार) बिहान संसदीय दलको बैठक बोलाएको छ । सोही बैठकले विश्वासको मत दिने/नदिनेबारे निर्णय लिनेछ ।


लोकप्रिय छुटाउनुभयो कि ?