Logo

पृथ्वी जयन्तीका दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय

                     
Logo 2023-01-09 08:01     Desk

13

सरकारले पृथ्वी जयन्तीका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।सोमबार साँझ सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले पृथ्वी जयन्तीका दिन पुस २७ मा सार्वजनिक बिदा दिने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

राप्रपाले सरकारमा सहभागी हुन पृथ्वी जयन्तीका दिन पुस २७ गते सार्वजनिक बिदा दिनु पर्ने माग गर्दै आएको थियो ।

यसअघि सत्ता गठबन्धनले सार्वजनिक गरेको सरकारको न्यूनतम साझा कार्यक्रममा पृथ्वी जयन्तीका दिन पुस २७ गते सार्वजनिक बिदा दिने उल्लेख थियो ।


लोकप्रिय छुटाउनुभयो कि ?