Logo

सार्कलाई सक्रिय बनाउने प्रयास भइरहेको छ:परराष्ट्र मन्त्रालय

                     
Logo 2023-01-08 05:01     Desk

13

परराष्ट्र मन्त्रालयले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) लाई सक्रिय बनाउन प्रयत्न जारी रहेको जनाएको छ ।

परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेलले अध्यक्ष राष्ट्रको हैसियतले नेपालले सार्कलाई सक्रिय बनाउन प्रयत्न गरिरहेको बताएका हुन् । आइतबार राष्ट्रियसभाअन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको सिंहदरबारमा बसेको बैठकमा उनले सबै सदस्य राष्ट्रबीचको सहमति जुट्न नसकेको कारण यसलाई सक्रिय बनाउन नसकिएको बताए ।

सचिव पौडेलले सबै सदस्य राष्ट्रको सहमतिमा मात्रै सार्कलाई अघि बढाउन सकिने आधारभूत सिद्धान्त रहेको र त्यसैकारण सार्कलाई सक्रिय बनाउने प्रयास नतिजामुखी हुन नसकेको बताए । सार्कमा नेपाल, भारत, भुटान, बंगलादेश, माल्दिभ्स, पाकिस्तान, श्रीलंका र अफगानिस्तान सदस्य राष्ट्रहरू रहेका छन् ।

ती सबै सदस्य राष्ट्रको सहमतिमा मात्रै सार्कलाई सक्रिय बनाउन सकिने परराष्ट्र सचिव पौडेलको भनाइ छ । बैठकमा समितिकी सभापति दिलकुमारी रावल थापाले सार्कलाई सक्रिय बनाउन सरकारले कस्तो पहल गरिरहेको छ भनेर जिज्ञासा राखेकी थिइन् ।


लोकप्रिय छुटाउनुभयो कि ?