
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलकाे बैठक आज बस्दै छ । पर्सि २५ गतेबाट हुने प्रतिनिधिसभाको अधिवेशनअगाडि कांग्रेसले संसदीय दलको बैठक बाेलाएकाे हाे । संसद् बैठकमा सभामुख चयन, सरकारले विश्वासको मत लिने तयारी, राष्ट्रपतिको सम्बोधनलगायतका विषयमा छलफल हुने संसद् सचिवालयले जनाएकाे छ ।
२८ गतेका लागि कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक पनि बाेलाएकाे छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पाैडेलका अनुसार, बैठक सिंहदरबारस्थित संसदीय दलकाे कार्यालयमा दिउँसाे १ बजेपछि सुरु हुने छ ।
आगामी दिनमा संसदमा पार्टीले निर्वाह गर्ने भूमिकालगायतबारे बैठकमा छलफल हुने बताइएको छ । सभापति शेरबहादुर देउवा संसदीय दलको नेतामा पुनः निर्वाचित भएपछि कांग्रेस संसदीय दलको बैठक पहिलोपटक बस्न लागेको हो ।
यसैबीच, हिजाेका लागि डाकिएकाे केन्द्रीय कार्यसमिति बैठकलाई कांग्रेसले ६ दिन पछाडि धकेलेकाे छ । मुख्यसचिव पाैडेलका अनुसार केन्द्रीय कार्यसमिति बैठक पुस २८ गते बिहीबार दिउँसाे १ बजे बस्ने छ ।