Logo

पृथ्वी जयन्तीका दिन सरकारले सार्वजनिक बिदा दिने

                     
Logo 2023-01-07 11:01     Desk

13

सरकारले पृथ्वी जयन्तीका दिन सार्वजनिक बिदा दिने भएको छ ।सत्ता गठबन्धनले शुक्रबार सार्वजनिक गरेको सरकारको २० बुँदे न्यूनतम साझा कार्यक्रममा पृथ्वी जयन्तीका दिन पुस २७ गते सार्वजनिक बिदा दिने उल्लेख छ ।

न्यूनतम साझा कार्यक्रमको १५ औँ नम्बरको 'पर्यटन, संस्कृति, सामाजिक सद्‌भाव र राष्ट्रिय एकता' शीर्षकको अन्तिममा भनिएको छ,  'नेपालको भौगोलिक एकीकरणको ऐतिहासिकतालाई स्मरण र सम्मान गर्दै पृथ्वी जयन्तीका दिन पुस २७ गते सार्वजनिक बिदा दिने ।'


लोकप्रिय छुटाउनुभयो कि ?