
नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत चेन सोङ आइतबार काठमाडौं आउने भएका छन् । उनी १२ पुसमा काठमाडौं आउने तालिका थियो । तर स्वास्थ्य समस्याका कारण उनी निर्धारित समयभन्दा ढिलाेगरी आउन लागेका हुन् ।
नयाँ चिनियाँ राजदूत आइतबार काठमाडाैं आइपुग्ने परराष्ट्रमन्त्रालयका एक अधिकारीले जानकारी दिए । यद्यपि, सार्वजनिक कार्यक्रममा नदेखिएर नयाँ चिनियाँ राजदूत केही दिन क्वारेन्टिनमा रहनेछन् ।
नेपालका लागि चिनियाँ राजदूत होउ यान्छी कार्यकाल सकिएपछि चीनकाे विदेश मन्त्रालयले सोङलाई नयाँ राजदूतमा नियुक्त गरेको थियो ।