Logo

एमबाप्पेले जिते गोल्डेन बुट

                     
Logo 2022-12-19 10:12     Desk

13

फ्रान्सका फरवार्ड तथा फाइनलमा अर्जेन्टिनाविरुद्ध ह्याट्रिक गोल गरेका केलियन एमबाप्पेले सर्वाधिक गोल गर्दै गोल्डेन बुट जितेका छन् ।

एमबाप्पले प्रतियोगितामा आठ गोल गर्दै गोल्डेन बुट जितेका हुन् । उनले अर्जेन्टिनाविरुद्ध फाइनलमा नाटकीय प्रदर्शन गर्दै ह्याट्रिक गोल गरे । उनले खेलको ८०औँ मिनेटमा पेनाल्टीबाट गोल गरेका थिए । त्यसको एक मिनेटपछि गोल गर्दै फ्रान्सलाई खेलमा फर्काएका थिए ।

खेलको ११८औँ मिनेटमा पेनाल्टीबाट गोल गरेसँगै ह्याट्रिक पूरा गर्दै फ्रान्सलाई ३–३ गोलको बराबरी दिलाएका थिए । तर फ्रान्स पेनाल्टी सुटआउटमा अर्जेन्टिनासँग पराजित हुन पुग्यो ।

यसअघि एमबाप्पले समूह चरणको खेलमा अस्ट्रेलियाविरुद्ध एक गोल गरेका थिए । त्यसपछि डेनमार्कविरुद्ध उनले दुई गोल गरेका थिए । पोल्यान्डविरुद्ध प्रिक्वार्टरफाइनलमा एपबाप्पेले दुई गोल गरेका थिए ।


लोकप्रिय छुटाउनुभयो कि ?