Logo

विराटनगरको आदर्श बालिकामा जोखिम मोलेर विद्यार्थीहरु पढ्न बाध्य ( तस्बिर सहित )

                     
Logo 2022-12-12 03:12     Desk

13

विराटनगरमा रहेको पुरानो बिद्यालय मध्यको एक आदर्श बालिका माध्यमिक विद्यालयमा विद्यार्थीहरु जोखिम मोलेर पढ्न बाध्य रहेका छन्। बि.सं. २००८ सालमा निर्माण भएर बि.सं. २०२० देखि प्रयोगमा आएकोको बिद्यालयको जिर्ण भवनमा विद्यार्थीहरु जोखिम मोलेर पढ्न बाध्य भएका हुन्।

जनताको पहलमा खोलिएको देशकै पहिलो बालिका विद्यालयमा सरकारी मापदण्ड स्तरको भवनको अभाव रहँदा विद्यार्थी बालिकाहरुले ज्यानको बाजी राखेर पढ्नु परिरहेको छ। विद्यालयमा रहेको पुरानो भवन बि.सं. २०७२ सालको भूकम्पको धक्काले जिर्ण बनाए पछि सो विद्यालयको भवन पूर्ण निर्माणमा सरोकारवाला निकायले पहल नदेखाए पछि विद्यार्थीहरु जिर्ण भवनमा पढ्न बाध्य भएका हुन्।

भूकम्प पछि सरकारी निकायले गरेको भवनको मुल्यांकनमा 'रातो स्टिकर' पाएको बालिका विद्यालयको जिर्ण भवनमा विद्यालयले हाल १ , २ , ३ , ५ , ६ को कक्षा संचालन गरिरहेको छ। हाल कक्षा १ देखि १० सम्म पढाई हुने सो विद्यालयमा विद्यार्थीको संख्या धेरै र कक्षाकोठाहरु पर्याप्त संख्यामा नभएकोले जिर्ण भवनको कक्षा संचालन गर्नु बाध्यता रहेको विद्यालयको प्रधानाध्यापक रमेश नेपालले बताएका छन्।

अधिकांश निम्न आर्थिक स्तरको परिवारको विद्यार्थी अध्यनरत रहेको बालिका विद्यालय लाई राज्यले उचित रुपमा सम्बोधन गर्नु पर्नेमा न्युनतम अध्यन गर्न सुरक्षित भवन समेत निर्माणमा राज्य उदासिन देखिएको महसुस हुने गरेको प्रधानाध्यापक नेपालको गुनासो रहेको छ।

विद्यालयको भवन पूर्णनिर्माण गर्न एक पटक २६ लाख रुपैंयाँ निकासी भएको भए पनि काम सुरु नहुँदै सो रकम फ्रिज भएको र त्यस पश्च्यात कुनै किसिमको रकम निकासा नभएकोले विद्यार्थीहरु ज्यानको जोखिम मोलेर पढ्न बाध्य भएको नेपालले बताएका हुन्।


लोकप्रिय छुटाउनुभयो कि ?