
राउण्ड टेबल नेपालको आयोजनामा विराटनगरमा स्ट्यान्ड-अप कमेडी कार्यक्रम हुने भएको छ। टेबलको आयोजनामा २३ गते विराटनगरको सिटी प्यालेसमा कार्यक्रम आयोजना हुने भएको हो।
यस अघि स्ट्यान्ड-अप कमेडीको दुई संस्करणको आयोजना गरिसकेको राउण्ड टेबलले तेस्रो संस्करणको कार्यक्रम आयोजना गर्न लागेको आयोजकको तर्फ बाट नविन झुनझुनवालाले जानकारी दिएका छन्। तेस्रो संस्करणको कार्यक्रममा भारतका दुई लोकप्रिय हाँस्य कलाकार अपूर्व गुप्ता र अभिजित गांगुलीले प्रस्तुति दिने झुनझुनवालाले बताएका छन्।
प्रवेश शुल्क २५०० रहेको कार्यक्रमको टिकट वापत उठेको सबै रकम विराटनगरको मिलन चौक स्थित एक माध्यमिक विद्यालयको भवन निर्माणार्थ सहयोग गर्ने आयोजकले निर्णय गरेको छ। टेबलले यस अघि पनि विराटनगरमा विभिन्न किसिमको सामाजिक कार्यमा अग्रसरता साथ सहभागिता जनाईसकेको आयोजक समितिका झुनझुनवाला बताउछन्।