
विराटनगर, १९ मंसिर । विराटनगरबाट सञ्चालित नेपाल टाईम्स अनलाईनका सञ्चालक अब्दुल खत्ताबलाई पक्राउ गर्न अदालतले अनुमति दिएको छ । आइतबार जिल्ला अदालत मोरङले नेपाल टाईम्स मिडिया प्रा.लि. का सञ्चालक शैहैन्सा भनिने खत्ताबलाई पक्राउ गर्न अनुमति दिएको हो ।
खत्ताबविरुद्ध विराटनगरका उद्योगी अरुणकुमार राठीले जाहेरी दिएका थिए । जाहेरी परेपछि प्रहरीले खात्तबलाई पक्राउ गर्न अदालतसँग अनुमति मागेको थियो ।
जिल्ला अदालत मोरङका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले खत्ताबलाई पक्राउ गर्न अदालतले अनुमति दिएको जानकारी दिए ।
खत्ताबविरुद्ध विराटनगरका उद्योगी अरुणकुमार राठीले जाहेरी दिएका थिए ।
जाहेरी परेपछि प्रहरीले खात्तबलाई पक्राउ गर्न अदालतसँग अनुमति मागेको थियो । अदालतको अनुमतिसँगै खत्ताबलाई पक्राउ गर्नका लागि प्रहरीले खोजि कार्य तीब्र पारेको छ । मोरङ प्रहरीका प्रमुख प्रहरी उपरिक्षक शान्तिराज कोइरालाले जाहेरीका विषयमा प्रहरीले अनुसन्धान गरिरहेको हाम्रो विराटनगरलाई जानकारी दिए । उनका अनुसार आरोपीको खोजी कार्यमा प्रहरी लागि परेको छ ।
यो पनि पढ्नुहोस्