Logo

स्कटल्यान्डलाई नेपालले दियो १३८ रनको सामान्य लक्ष्य

                     
Logo 2022-12-04 05:12     Desk

13

आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिजमा नेपालले स्कटल्यान्डलाई सामान्य लक्ष्य दिएको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले स्कटल्यान्डसामू १ सय ३८ रनको सामान्य लक्ष्य पेस गरेको हो । ४० दशमलव १ ओभरमा सबै विकेट गुमाएर नेपालले १ सय ३७ रन मात्रै बनाउन सक्यो ।

खराब सुरुवात गरेको नेपालका लागि गुलशन झाले सर्वाधिक २९ रन जोडे । उनले २९ बलमा एक छक्का र ३ चौका प्रहार गर्दै २९ रन बनाए । यस्तै, ज्ञानेन्द्र मल्लले २५, अर्जुन साउदले १८, कप्तान रोहित पौडेलले १७ र आरिफ शेखले १० रनको योगदान दिए ।

स्कटल्यान्डका लागि क्रिस सोलले तीन विकेट लिए । यस्तै, मार्क वाटले २ विकेट लिँदा ब्रेन्डन म्याकमलन, सफ्यान सरिफ र माइकल लिस्कले १-१ विकेट लिए । स्कटल्यान्डले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ ।


लोकप्रिय छुटाउनुभयो कि ?