Logo

रोटरी क्लबले मनायो बालबालिकासँग अन्तराष्ट्रिय अपाङ्गता दिवस

                     
Logo 2022-12-04 11:12     Desk

13

विराटनगर, १७ मंसिर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाएको छ । क्लबले अपाङ्गता भएका बालबालिकाहरुसँग ३१ औँ अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाएको हो ।

पिटर प्यान प्ले पेन स्कूलको सहयोगमा क्लबले सीपी बालबालिकाहरुसँग दिवस बनाएको थियो । सो अबसरमा बालबालिकाहरु निकै हर्षित भएका थिए । सो अबसरमा उनीहरुले विभिन्न खेलौनाहरु खेल्नुका साथै, चित्रकला र नृत्य समेत गरेका थिए ।

सो अबसरमा विद्यालयले उनीहरूका लागि राम्रो खाना, विभिन्न इनडोर र आउटडोर गतिविधिहरू र सुन्दर उपहारहरू पनि तयार पारेको थियो । विद्यालयका सञ्चालक मधु लोहिया र क्लबका पूर्व सदस्य पनि सबै सहभागी भएको रोटरी क्लब अफ विराटनगर डाउनटाउनकी अध्यक्ष रेखा राठीले जानकारी दिइन् ।

सो अबसरमा क्लबका पदाधिकारी र सदस्यहरुको उपस्थिती रहेको थियो ।


लोकप्रिय छुटाउनुभयो कि ?