Logo

पछिल्लो २४ घण्टामा दुई डेंगु सङ्क्रमितको मृत्यु

                     
Logo 2022-12-01 04:12     Desk

13

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा दुईजना डेंगु सङ्क्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा मृत्यु हुने डेंगु सङ्क्रमितको सङ्ख्या ६२ पुगेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार १० दिनमा १३ सय ९५ डेंगु सङ्क्रमित थपिएसँगै अहिलेसम्म ७७ जिल्लाबाट ५३ हजार ९५१ जना डेंगुबाट सङ्क्रमण पुष्टि भएको छ  ।

डेंगु भाइरस सङ्क्रमित एडिज जातको लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने गर्छ । यो भाइरस जुनसुकै उमेर समूहका व्यक्तिलाई लाग्ने गर्छ ।


लोकप्रिय छुटाउनुभयो कि ?