Logo

दोलखाका १० वटा बुथमा मंसिर १५ भित्र निर्वाचन

                     
Logo 2022-11-27 07:11     Desk

13

काठमाडौं, मंसिर ११ । निर्वाचन आयोगले दोलखाको १० वटा बुथ कब्जा भएको ठहरसहित पुनः निर्वाचन गर्ने निर्णय गरेको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको अध्यक्षतामा आज बसेको आयोगको बैठकले यस्तो निर्णय गरेको हो ।

सत्तारु९ गठबन्धनले मंसिर ४ गते भएको निर्वाचनमा बुथ कब्जा गरेको थियो । प्रदेशसभा क का उम्मेदवार कुन्दन काफ्ले आफैले बुथ कब्जाको नेतृत्व लिएका थिए । आयोगले मंसिर १५ गतेभित्र निर्वाचन गर्ने निर्णयसमेत गरेको छ ।

यी हुन मतदान केन्द्रहरू…

१) बैत्यश्वरको वडा नं. ६ नाम्दु (क,ख,ग)

२) वैत्यश्वरको ३ मिर्गे कालिढुङ्गा (क,ख,ग)

३) बैत्यश्वर २ पुतलिकाठ को जनज्योति( क,ख)

४) तामाकोसी३ जफे हेल्थपोस्ट (क,ख)


लोकप्रिय छुटाउनुभयो कि ?