Logo

चुनावपछि एमाले भेटिँदैन भन्नेहरूलाई जनताले जवाफ दिए:सुवास नेम्वाङ

                     
Logo 2022-11-27 05:11     Desk

13

इलाम । नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले लोकतन्त्रमा स्वच्छ निर्वाचनमा भाग लिनु नै जायज भएको बताएका छन्।

इलाम १ बाट निर्वाचित भएपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफूले ३१ राजनीतिक दलको सहमति जुटाएर जनताको चाहना र भावनालाई कदर गरेर संविधान बनाएको दाबी गरे।

उनले भने, ‘निर्वाचनअघि एमाले चुनावपछि भेटिँदैन भन्नेहरू पनि थिए। तर, अहिले लोकप्रिय मतको आधारमा एमाले पहिलो पार्टी हो। जनताको निर्णय भनेको कसैलाई एक्लै होइन। सबै दलहरू मिलेर छलफल गर भनेका अघि बढ्न जनताको आदेश छ। यो आदेशअनुसार अघि बढ्नका लागि जनताको जनादेश छ।’


लोकप्रिय छुटाउनुभयो कि ?