Logo

विराटनगरस्थित अर्किड स्कुलमा सचेतनामुलक कार्यक्रम

                     
Logo 2022-11-26 07:11     Desk

13

विराटनगर, १० मंसिर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले विराटनगरस्थित अर्किड पब्लिक स्कुलमा सचेतनामुलक कार्यक्रम गरेको छ । स्कुलमा अध्ययनरत छात्राहरुका लागि सचेतनामुलक कार्यक्रम आयोजना गरिएको हो ।

क्लबले महिनावारी स्वच्छता सचेतना कार्यक्रम तथा महिनावारी कप वितरण गरेको हो । सो कार्यक्रमबाट १०० भन्दा बढी छात्राहरु लाभान्वित भएको रोटरी क्लब अफ विराटनगर डाउनटाउनकी अध्यक्ष रेखा राठीले जानकारी दिइन् ।

रोटरी क्लब अफ विराटनगर डाउनटाउनले छात्राहरुलाई वातावरण मैत्री, किफायती र पुनः प्रयोग गर्न मिल्ने महिनावारी कपहरू प्रयोग गर्न प्रोत्साहित गरेको हो । सो कार्यक्रमको संयोजक गिरिजा सारडा रहेकी थिइन् ।


लोकप्रिय छुटाउनुभयो कि ?