
कञ्चनपुर, ९ मंसिर । कञ्चनपुर–१ बाट प्रतिनिधिसभामा नेकपा एमालेका तारा लामा तामाङ निर्वाचित भएका छन् ।
बिहीबार राति सकिएको मतगणना अनुसार तामाङले २४ हजार ८९२ मत पाएका छन् । उनले नेकपा माओवादी केन्द्रकी बिना मगरलाई ५ हजार ५४६ मतान्तरले पराजित गरेका छन् । मगर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी बुहारी हुन् ।