Logo

भक्तपुर १ बाट नेमकिपाका सुवाल विजयी

                     
Logo 2022-11-24 02:11     Desk

13

विराटनगर । भक्तपुर क्षेत्र नं १ नेपाल मजदूर किसान पार्टीका सचिव प्रेम सुवाल भारी मतले विजयी हुनुभएको छ ।

भर्खरै सम्पन्न मतगणनामा सुवाल ४२ हजार सात सय ५९ मतका साथ विजयी हुनुभएको हो । उहाँका प्रतिस्पर्धी नेकपा (एमाले)का नवराज गेलालले ११ हजार नौ सय ५८ मत प्राप्त गर्नुभयो । सुवालले गेलाललाई ३० हजार आठ सय एक मतान्तरलेपछि पार्नुभएको हो ।

त्यसैगरी राप्रपाका भरतबहादुर खड्काले नौ हजार तीन सय तीन र सत्ता गठबन्धनका तर्फका साझा उम्मेदवारका रुपमा नेकपा (माओवादी केन्द्र)का सुनिल गोठेले पाँच हजार दुई सय ८३ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत गोपालप्रसाद बाँस्तोलाले बताउनुभयो ।

 


लोकप्रिय छुटाउनुभयो कि ?