Logo

सिरहा ३ (१)बाट एमालेका सिंह विजयी

                     
Logo 2022-11-24 01:11     Desk

13

विराटनगर । प्रदेशसभाअन्तर्गत सिरहा निर्वाचन क्षेत्र नं ३ (१) बाट नेकपा (एमाले)का उम्मेदवार मनोजकुमार सिंह विजयी हुनुभएको छ ।

मुख्य निर्वाचन अधिकृत काजीबहादुर राई दिनुभएको जानकारीअनुसार सिंहले १५ हजार आठ सय ८६ मत प्राप्त गरी निर्वाचित हुनुभएको हो ।

सिंहका निकटतम् प्रतिद्वन्द्वी सत्ता गठबन्धनबाट नेपाली कांगे्रसका उम्मेदवार रामसगुन यादवले १२ हजार आठ सय ९९ मत प्राप्त गर्नुभयो । यस्तै जनमत पार्टीका उम्मेदवार दुष्यन्तकुमार कर्णले चार हजार सात सय ९३ मत प्राप्त गर्नुभयो ।


लोकप्रिय छुटाउनुभयो कि ?